आफूलाई दुर्व्यवहार गर्ने खड्कालाई छाड्न प्रहरीलाई विरोध खतिवडाको आग्रह

File Photo
File Photo

चुनावी प्रचार कार्यक्रमका क्रममा आफूलाई दुर्व्यवहार गरेका पुरुषोत्तम खड्कालाई रिहा गर्न विरोध खतिवडाले प्रहरीलाई आग्रह गरेका छन्।

मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खतिवडाले आफूलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हेटौडा–२ चौकीटोल बस्ने पुरुषोत्तम खड्कालाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका हुन्।

खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन खतिवडाले प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका हुन्।

मनहरी गाउँपालिका ४ गोलघरस्थित चुनावी कार्यक्रममा मंगलबार सत्तारुढ गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता खतिवडालाई खड्काले झापड हानेका थिए। 

प्रकाशित मिति: : 2022-11-09 14:03:00

प्रतिकृया दिनुहोस्