निर्वाचनपछि सत्ता गठबन्धन भत्किन्छ : टोपबहादुर रायमाझी

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भएर भत्किने दाबी गरेका छन्।

सोमबार बिहान सन्धिखर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता रायमाझीले शक्ति सन्तुलनमा समस्या भएर गठबन्धन विभाजन हुने बताए।

‘एउटा पार्टीलाई मिलाउन त कति समस्या छ’, रायमाझीले भने,‘गठबन्धन पछि फुट्छ। गठबन्धनभित्रका दलहरु पनि विभाजन हुन्छ। देश ध्रुवीकरणमा जान्छ। त्यसपछि देश टु पार्टी सिस्टममा जान्छ।’ गठबन्धन मात्र नभई गठबन्धनभित्रका दलहरुमा पनि आन्तरिक विभाजन आउने दावी रायमाझीले गरे।

रायमाझीले गठबन्धन अहिले एजेण्डाविहीन भएकाे समेत दाबी गरे। गठबन्धनका कुनै एजेण्डा नरहेको उनको दाबी छ। ‘कांग्रेस र कम्युनिष्ट छुट्याउन गाह्रो छ। अहिलेको गठबन्धन लेदो र खुदो मिसाए जस्तो छ। कांग्रेस ‘ककटेल’ जस्तो भएको छ,’ रायमाझीले भने।

सत्तामा बसेका दलले प्रतिपक्षलाई हराउन गठबन्धन विश्वमा कहीँ नहुने बताउँदै चुनावमा एमालेले बहुमत ल्याएर सरकार बनाउने नेता रायमाझीको भनाइ छ।

गठबन्धन केही एजेण्डा नभएको रायमाझीले बताए। उनले अर्घाखाँचीमा भारी मतका साथ एमालेले प्रतिनिधिसमा र प्रदेशसभाको निर्वाचनमा जित निकाल्ने बताए।

आफूले जिल्लामा समृद्ध अर्घाखाँचीको विकास गर्न ठूलो काम गरेको बताउँदै आफूले जिल्लामा १२ अर्बको विकास आयोजनाको काम गरेको बताए।

प्रकाशित मिति: : 2022-11-07 12:47:00

प्रतिकृया दिनुहोस्