घरदैलोमा पुगेकी रेखालाई सुन्दरहरैंचाका महिलाको साथ

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य तथा मोरङ ३ की उम्मेदवार रेखा थापाको पक्षमा सुन्दरहरैंचाका महिलाले नाराबाजी गरेका छन्। शनिबार घरदैलोको क्रममा सुन्दरहरैंचा–१२ पुगेकी थापालाई जिताउने प्रतिबद्धता समेत उनीहरूले जनाएका छन्।

स्थानीय शान्त चौधरीले धेरै पटक अरूलाई हेरेको र अब एक पटक आफ्नै चेलीलाई, छोरीलाई जिताउने बताइन्। उनले भनिन्,– ‘उनलाई साथ दिन्छौँ। उनि स्थानीय पनि हुन्।’

मोरङ–३ मा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट कांग्रेसका सुनिल शर्मा (न्यौपाने) बीच प्रतिस्पर्धा हुने अनुमान भइरहँदा राप्रपाकी थापाको उपस्थितिले यस क्षेत्रमा चुनावी माहोल थप रोचक बनेको छ। गत स्थानीय तहको निर्वाचनको आधारमा राप्रपा निकै कमजोर रहे पनि थापालाई महिला तथा युवाहरू साथ दिइरहेका छन्।

यस्तै,  बेलबारी, कानेपोखरी र पथरीका सुकुमबासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका थिए।

प्रकाशित मिति: : 2022-11-05 16:49:00

प्रतिकृया दिनुहोस्