निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई स्पष्टीकरण सोधेको छ।
इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टीकरण मागेको हो।
आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर साहलाई निर्देशन दिएको छ।