राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा

File photo
File photo

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको शुक्रबारविहान दर्शन गरेकी छिन्। उनले मन्दिर परिसरमा रहेका एक सय २२ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी बताए।

मुक्तिनाथ मन्दिर परिसरमा निर्मित गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति मुक्तिनाथ आएकी हुन्।  

केही समयपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले बताए। साथै राष्ट्रपतिले मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिर्सोट’को शुभारम्भ गर्ने जनाइएको छ। 

प्रकाशित मिति: : 2022-11-04 11:48:00

प्रतिकृया दिनुहोस्