राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशले सिन्धुलीमा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ।
रास्वपाले पार्टीका उम्मेदवार तथा नेता-कार्यकर्ताकाे सहभागितामा आइतबार बिहान प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे।
प्रशिक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार मेनुका ठकुरीको उपस्थिति रहेको थियाे।
कार्यक्रममा प्रशिक्षक बागमती प्रदेश सभापति दीपक विश्वकर्मा तथा बागमती प्रदेश प्रवक्ता उत्सव अर्यालले चुनाव लक्षित प्रशिक्षण दिनुका साथै नेता र उम्मेदवारसँग अन्तर्क्रिया र शुभकामना आदानप्रदान गरिएकाे थियाे।
कार्यक्रममा बागमती प्रदेश समितीका प्रचार, प्रसार विभाग प्रमुख रविन पाण्डे, बागमती प्रदेश निर्वाचन परिचालन समिति संयोजक भरत गुरुङलगायत जिल्ला समिति, पालिका समिति तथा वडा समितिका नेता तथा सदस्यहरुको उपस्तिथि रहेको थियो।
प्रतिनिधिसभा उम्मेदवार ठकुरीले आफ्ना मतदाताहरूसँग अन्तर्क्रिया गरेका थिए भने प्रवक्ता अर्याल र सभापति विश्वकर्माले उपस्थित नेतालाई चुनावी माहोल बनाउँदै मत परिवर्तनका लागि जनतामा जान आह्वान गरेका थिए।