एकीकृत समाजवादी कास्कीका सचिव एमाले प्रवेश

नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन्।

पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अविर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्।

नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए। उनी सुरुदेखि नै माधवकुमार नेपाल निकट हुन्। पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजे।

प्रकाशित मिति: : 2022-10-29 16:52:00

प्रतिकृया दिनुहोस्