भ्रम फैलाइयो, सत्ता स्वार्थमा गठबन्धन छैन : बाबुराम भट्टराई

नेपाल समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनबारे भ्रम फैलाइएको भन्दै सचेत गराएका छन्।

बागमती प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले गठबन्धनबारे भ्रम फैलाइएकाले सचेत रहनुपर्ने भन्दै सत्ता स्वार्थका लागि गठबन्धन नबनेको दाबी गरे।

सत्ताका लागि दलहरु गठबन्धन गरेर आगामी निर्वाचनमा जान लागेको बताइएका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गठबन्धन सत्ता स्वार्थमा नरहेको दाबी गरेका हुन्।

बहुदलीय व्यवस्थामा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने भए पनि   देशलाई जोगाउन गठबन्धन गर्नुपरेको उनको भनाइ छ। 

प्रकाशित मिति: : 2022-10-24 14:49:00

प्रतिकृया दिनुहोस्