घरघरमा आज (सोमबार) कुकुर तिहार मनाइँदै छ। कुकुरको पूजा गर्दै मिठोमिठो खानेकुरा खान दिएर गरी सोमबार कुकुर तिहार मनाइँदैछ।
यही क्रममा अपराधी पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’ को पनि पूजा गरिएको छ।
नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधी पत्ता लगाउने कुकुरको पूजाआराधना गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको छ।
केनाइन महाशाखाले कुकुरलाई तालिम दिने गरेको छ। महाशाखाले दिएको तालिमका आधारमा कुकुरले अपराधी पत्ता लगाउने गरेको छ। महाशाखाका अनुसार हाल ९३ वटा तालिम प्राप्त कुकुर छन्।