नेकपा एमालेको तर्फबाट काठमाडौं-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले आफू व्यक्तिगत जितको लागी नभएर एमालेको विजयका लागि राजनीतिमा लागेको बताएका छन्।
नेकपा एमाले काठमाडौं -६ प्रदेश 'ख' निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै खनालले गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान खोजेको कारण एमालेलाई जिताउन अपिल गरेका थिए।
शनिबार दियालो फुडल्याण्डमा भएको चुनावी कार्यक्रममा एमाले केन्द्रीय सदस्य केशव स्थापित उपस्थित थिए। त्यस्तै कलाकार उत्तम केसीले सर्वेन्द्र खनाल जस्तो उम्मेदवार पाउनु गर्वको कुरा रहेको बताएका थिए।
कार्यक्रममा प्रदेशसभा 'ख' उम्मेदवार अमनकुमार माश्केले विकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।