संविधानलाई सही बाटोमा लैजान गठबन्धन निर्माण भएको हो : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधानलाई सही बाटोमा लैजान गठबन्धन निर्माण भएको बताएका छन्। शनिबार विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधान गर्दै कोइरालाले यस्तो बताएका हुन्।

उनले असल शासन, लोकतन्त्र र  समुन्नत समाज निर्माणका लागि गठबन्धन आवश्यक रहेको बताए। ‘लोकतन्त्रको समर्थनका लागि, संविधानको रक्षाका लागि, असल शासन दिनका लागि गठबन्धन बनेको छ,’ कोइरालाले भने।

मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका कोइरालाले अब गठबन्धनविना सरकार बन्न नसक्ने दाबी गरेका छन्। ‘गठबन्धनविना सरकार बन्न सक्दैन्,’ उनले भने, ‘चाहे चुनाव अघि होस् या पछि गठबन्धनको आवश्यक छ।’

प्रकाशित मिति: : 2022-10-22 17:51:00

प्रतिकृया दिनुहोस्