एमालेले जित्दा देशले जित्छ : विनोद श्रेष्ठ

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा मजदुर नेता विनोद श्रेष्ठले चुनावमा एमालेले जित्दा देशले जित्ने बताएका छन्।

पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र न १० को निर्वाचन परिचालन कमिटी घोषणा तथा उम्मेदवार परिचय कार्यक्रममा बोल्दै नेता श्रेष्ठले जनता झुक्याएर चुनाव जित्ने सपना सत्ताधारी गठबन्धनले देखिरहेको उल्लेख गरे।

प्रतिनिधिसभाका एमाले उम्मेदवार हिमेश केसीले क्षेत्र बनाउने जिम्मा एमालेले लिने बताए।

बागमती प्रदेश क्षेत्र (क) का उम्मेदवार शिवभक्ति बलामीले आफ्नो क्षेत्रमा पर्ने दक्षिणकाली र कीर्तिपुर क्षेत्रको बागमती प्रदेश क्षेत्र (ख) का उम्मेदवार रामशरण आलेमगरले देश र जनतालाई सर्वोपरी राखेर काम गर्ने बताए।

एमाले नेता सुरेन्द्र मानन्धरले पार्टीले काठमाडौँ क्षेत्र न १० मा रामशरण आलेमगर जस्तो निष्ठा भएको र शिवभक्ति र हिमेश जस्ता उर्जावान उम्मेदवार अघि सारेको बताए।

एमाले कीर्तिपुर नगर कमिटी अध्यक्ष राधाकृष्ण बस्नेतले कार्यकर्ताको उत्साह सूर्य ध्वजाबाहक उम्मेदवारलाई जिताउन पर्याप्त रहेको बताए।

प्रदेश 'ख' इन्चार्ज बेलिमाया घलेले एमाले घर-घर पुग्ने योजनाका साथ अघि बढिसकेको बताए। भेलाले श्रीराम आचार्यको संयोजकत्वमा सात ७७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

प्रकाशित मिति: : 2022-10-21 11:22:00

प्रतिकृया दिनुहोस्