ओन्सरी घर्तीलाई जिताउन प्रधानमन्त्री देउवाकाे अनुरोध

नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले आफूहरुले गठबन्धनको संस्कार विकास गर्न चाहेको बताएका छन्।

आइतबार सत्ता गठबन्धनले गरेको काठमाडौँ क्षेत्र नम्बर २ मा आयाेजित कार्यक्रममा बोल्दै उनले ओन्सरी घर्तीलाई जिताउन अनुरोधसमेत गरे।

'ओन्सरीजी सक्षम हुनुहुन्छ, उहाँलाई  विजयी गराउन अनुरोध गर्छु', उनले भने।

प्रकाशित मिति: : 2022-10-16 16:03:00

प्रतिकृया दिनुहोस्