प्रतिगमनलाई परास्त गर्नका लागि गठबन्धनको आवश्यकता परेको हाे : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनलाई परास्त गर्नका लागि गठबन्धनको आवश्यकता परेको बताएका छन्।

आइतबार सत्ता गठबन्धनले गरेको काठमाडौँ क्षेत्र नम्बर २ का उमेदवारहरुको परिचय कार्यक्रममा बोल्दै उनले इतिहासलाई बुझेर मात्रै आफूहरु अगाडि बढ्न सक्ने भएकाले गिरिजा बाबु र आफूले रुख र हँसिया हथाैडा एउटै बनाइसकेको र भोट गर्न डराउन नपर्ने बताएका छन्।

'काठमाडौ क्षेत्र नम्बर २ बाट मैले नै ओन्सरीजीलाई चुनाव लड्न भनेको हुँ। उहाँ साहसिक हुनुहुन्छ, निडर हुनुहुन्छ, उहाँले सभामुखको भूमिका राम्रो निभाउनुभयो। उहाँले चुनाव पनि जित्नुहुन्छ', उनले भने ।
 

प्रकाशित मिति: : 2022-10-16 15:39:00

प्रतिकृया दिनुहोस्