जसपासँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै एमाले नेता न्यौपानेले दिए राजीनामा

नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएका छन्।

जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ। तत्कालिन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गरेका थिए।

एमालेले जसपासँग तराई मधेसका १४ जिल्लामा चुनावी तालमेलको सहमति गरेको छ।

प्रकाशित मिति: : 2022-10-15 18:11:00

प्रतिकृया दिनुहोस्