राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने भीम रावलको घोषणा

एमाले नेता भीम रावलले राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने बताएका छन्।

उनले आगामी दिनमा आफू एमालेमा रहने कि नरहने भन्ने पार्टी नेतृत्वको गतिविधि र कार्यशैलीले निर्धारण गर्ने उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए।

पार्टीमा सधैं दमन र बहिष्करणमा परेमा त्यहाँ विद्रोह हुने उल्लेख गर्दै घनश्याम भुसालको विद्रोहलाई उचित कदमको संज्ञा दिए।

उनले आफूले देशभरका एमाले उम्मेदवारलाई जिताउन आग्रह नगर्ने, मार्क्सवाद र लेनिनवादको सिद्धान्त अनुशरण गर्ने तथा देशभक्त र राष्ट्रवादी उम्मेदवारलाई जिताउन आग्रह गरे।

अछाममा भने त्यहाँका बहुसंख्यक जनताको भावनाको कदर गर्दै त्यसअनुरुप चल्ने बताए। एमालेले कति सिट जित्छ भनेर आफूले भन्न नसक्ने रावलको भनाइ थियो।

प्रकाशित मिति: : 2022-10-13 14:11:00

प्रतिकृया दिनुहोस्