निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्पष्टीकरण सोधेको छ।
गोरखा–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिन प्रचण्ड बाजागाजासहित त्यहाँ पुगेका थिए। सोही प्रकरणमा आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।
‘मनोनयन दर्ताका क्रममा बाजागाजा प्रयोग गरेको श्रव्यदृष्य सामग्री सार्वजनिक भएको समबन्धमा आयोगको ध्यानाकर्षण भएर स्पष्टीकरण सोधिएको हो,’ आयोग स्रोतले भन्यो।
‘निर्वाचनको उम्मेदवारको मनोनयन पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने,’ आयोगले दलहरूलाई दिएको निर्देशनमा भनिएको छ।