भक्तपुरमा राप्रपाका एक र दुई स्वतन्त्र उम्मेदवारले गरे उम्मेदवारी फिर्ता

file Photo
file Photo

भक्तपुरमा एउटा पार्टीका उम्मेदवार र दुई स्वतन्त्र उम्मेदवारले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

राप्रपा नेपालबाट भक्तपुर १ प्रदेश 'क' का उम्मेदवार श्यामप्रसाद नेपालले उम्मेदवारी फिर्ता लिएका हुन्।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका जिल्ला निर्वाचन अधिकारी नरेन्द्रप्रसाद न्यौपानेका अनुसार राष्टिय प्रजातन्त्र पार्टी साथै भक्तपुर २ बाट स्वतन्त्र उम्मेदबारी दिएका बद्रिकृष्ण त्यात श्रेष्ठ र दिलप्रसाद गिरीले उम्मेदवारी फिर्ता लिएका छन्।

दिलप्रसादले भक्तपुर २ प्रदेश क (सूर्यविनायक) र बद्रीकृष्णले भक्तपुर २ प्रदेश ख (मध्यपुर थिमि) बाट उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रमुख निर्वाचन अधिकृत गोपाल बाँंस्तोलाले भक्तपुर १ मा दुईजनाको उम्मेदवारी रद्द भएको जानकारी गराए। भक्तपुर १ मा नेपाल आमा पार्टीबाट उम्मेदवारी दिएकी सुशीला न्यौपानेको उम्मेदवारी रद्द भएको हाे।

सुशीला स्थानीय निर्वाचनमा पनि उम्मेदवार रहेकाे र त्यसबेलाको झण्डै सात लाख जरिवाना तिनुपर्ने भएकाले उनको उम्मेदवारी रद्द भएको उनले बताए।

नेपाली कांग्रेस विपीबाट भक्तपुर १ प्रदेश क (चाँंगुनारायण) क्षेत्रबाट उम्मेदवारी दिएका गणेश वज्राचार्यको उम्मेदवारी रद्द भएको छ।

उनको प्रस्तावक र समर्थक भक्तपुरको हुनुपर्नेमा मध्यपुर थिमिको परेको र त्यसपछि उनले अरु स्थानीय प्रस्तावक र समर्थक ल्याउन नसकेपछि उनको उम्मेदवारी रद्द भएको उनले जानकारी गराए।

प्रकाशित मिति: : 2022-10-12 18:16:00

प्रतिकृया दिनुहोस्