काठमाडौं क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार अनुप बोहोराले खुकुरीक्रस चिन्ह पाएका छन्।
निर्वाचन आयोगको कार्यालयमा उक्त निर्वाचन चिन्हका लागि लफडा भएको थियो। अर्थशास्त्रसम्बन्धी अध्यन गरेका बोहोराले पहिलेदेखि नै स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका थिए।
बोहोरा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी पूर्वसभामुख ओनसरी घर्तीसंग प्रतिस्पर्धा गर्दैछन्।
यसअघि समानुपातिकबाट सांसद बनेकी घर्तीलाई माओवादीले यसपटक प्रत्यक्षतर्फको टिकट दिएको हो। रोल्पाकी घर्तीलाई माओवादी केन्द्रले काठमाडौं-२ मा टिकट दिएको हो।
'बाहिरबाट आएका उम्मेदवारभन्दा यहीँ जन्मिएको हुर्केको ठाँउको उम्मेदवार भएका कारण पनि बलियो उम्मेदवार म हो, मङ्सिर ४ मा खुकुरीक्रस चम्किन्छ',बोहोराले चिन्ह लिँदै प्रतिक्रिया दिए।