रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।
टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका उनको उम्मेदवारी खारेज भएको हो।
जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएका उनी २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको कारण उम्मेदवारी खारेज भएको बताइएको छ।
आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका थिए।