जसपाका मन्त्रीले राजीनामा नदिए बर्खास्त गर्ने प्रधानमन्त्रीकाे तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीले राजीनामा नदिए आजै बर्खास्त तयारी गरेका छन्।

जसपाबाट सरकारमा सहभागी मन्त्री हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाएका सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ।

बैठकमा जसपाका चार मन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्ने विषयमा छलफल भइरहेकाे एक नेताले बताए।

जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रदीप यादव वन तथा वातावरणमन्त्री र मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका छन्।

गठबन्धनमा सहभागी जसपाले विपक्षी दल नेकपा एमालेसंग चुनावी तालमेल गरेपछि मन्त्रीहरू हटाउन लागिएकाे हाे।

प्रकाशित मिति: : 2022-10-11 14:59:00

प्रतिकृया दिनुहोस्