मोरङ–५ मा गठबन्धनका उम्मेदवारले गरे मनोनय दर्ता

मोरङ क्षेत्र नम्बर ५ मा गठबन्धनका उम्मेदवारहरुले मनोनय दर्ता गरेका छन्।

आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यका माओवादी उम्मेदवार शिवकुमार मण्डलले उम्मेदवारी दर्ता गराएका हुन्। उनी सोही क्षेत्रका सांसद हुन्।

यस्तै प्रदेश सभा (क) मा कांग्रेसका गयानन्द मण्डल र (ख) मा अमृत अर्यालले उम्मेदवारी दर्ता गराएका छन्। अर्याल प्रतिनिधिसभाका आकांक्षी थिए।

प्रकाशित मिति: : 2022-10-09 14:54:00

प्रतिकृया दिनुहोस्