मुगुका एमाले नेता कार्कीले मनाेनयन दर्ता गरे (तस्बिरसहित)

नेकपा (एमाले) नेता राजु कार्कीले प्रतिनिधि सभा सदस्य लागि मनाेनयन दर्ता गरेका गरेका छन्। 

कार्कीले मुगुकाे निर्वाचन क्षेत्रकाे लागि काठमाडाैँस्थित निर्वाचन आयाेग कार्यालय पुगेर आइतबार बिहान मनाेनयन दर्ता गरेका छन्। उनले प्रतिकुल माैसमका कारण मुगु पुग्न नसकेर काठमाडाैँबाट मनाेनयन दर्ता गरेका हुन्। केही दिन यता कर्णालीमा मौसम बिग्रेका कारण हवाईजहाजहरु उड्न सकेका छैनन्। कार्कीले जिल्लामै पुगेर मनोनयन दर्ता गराउन खोजेका थिए।

मनोनयन दर्ता गराउनकै लागि उनी शनिबार नेपालगंज हुँदै मुगु जान खोजेका थिए। नेपालगंजबाट मौसम नखुलेपछि उनी पोखराबाट उड्न खाजेका थिए। त्यो पनि सम्भव नभएपनि आईतबार बिहान नेपालगंजबाट फर्केर उनले काठमाण्डौंमा मनोनयन दर्ता गराएका हुन्। 

लामाे समयसम्म पर्यटन व्यवसायमा सक्रिय कार्की मुगुका परिचित युवा नेताका रूपमा चिनिन्छन्। उनले मुगुलगायतका क्षेत्रमा सामाजिक कार्य समेत गर्दै आएका छन्।

प्रकाशित मिति: : 2022-10-09 11:56:00

प्रतिकृया दिनुहोस्