आसन्न निर्वाचनको लागी महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
जिल्लाको जलेश्वर, वल्वा, पिपरा, रामगोपालपुर र बर्दिबासमा निर्वाचन आयोगले अधिकृतको कार्यालय स्थापना गरेको हो।
यस अघीका निर्वाचनमा सदरमुकाम जलेश्वरमा मात्र मतगणना हुने भएतापनी आसन्न निर्वाचनको मतगणना चारै ठाउँमा हुने जिल्ला निर्वाचन आयोगले जनाएको छ।
मतगणना एकै ठाउँमा मात्र केन्द्रित हुदा ढिला हुने र नतिजा समेत सुस्त हुने भएकाले मतगणना निक्कै छिटो हुने निर्वाचन आयोगको बिस्वास छ।
निर्वाचनलाइ भयरहित वातावरणमा समपन्न गर्न जिल्लाका सुरक्षा निकायसँग बृहत् छलफल समेत भैइरहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोध कुमार महतोले जानकारी दिए।
निर्वाचन आयोगको कार्यातालिकाअनुसार दलका वा स्वतन्त्र उम्मेदवारले २३ असोजमा मनोनयन दर्ता गरिसक्नुपर्ने छ। यसैको रस्साकस्सीमा दलहरु लागीपरेका छन।
निर्वाचन आयोगले २३ असोजमा उम्मेदवारी दर्ता गरेको नामावली २३ गते नै ७ वजेसम्म प्रकाशन गर्नेछ। चित्त नबुझेका वा कुनै फौजदारी अभियोग लागेका उम्मेदवार भए २४ असोजको १० बजेदेखी ५ बजेसम्म उजुरी हाल्न सक्ने व्यवस्था पनि आयोगले आफ्नो कार्यातालिकामा प्रस्तुत गरेको छ।
२५ असोजमा उजुरीका विरुद्ध छानबिन तथा निर्णय गरि नामावली प्रकाशन हुनेछ भने २६ असोजमा उम्मेदवारहरुलाइ उम्मेदवारी फिर्ता लिन सक्ने समयसिमा निर्धारण गरिएको छ।
२६ गते नै अन्तिम नामावली प्रकाशन गरेपछी सोही दिन १ बजेदेखी उम्मेदवारहरुलाइ निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ। त्यसपछी दल तथा स्वतन्त्र उम्मेदवारहरु ४ मंसिरको तयारीमा जुटनेछन। विशाल बस्नेत