अब्दुस मियाँ गोरखा–२ बाट चुनाव लड्ने ! 

गोरखा–२ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ। 

नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका हुन्। उनी गत ६ असोजमा नेकपा एमालेमा प्रवेश गरेका थिए। एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै उनलाई पार्टीमा प्रवेश गराएका थिए। 

त्यस अघि मियाँ काठमाडौँ–६ मा स्वतन्त्र चुनाव उठ्ने घोषणा गरिसकेका थिए। उनलाई पार्टी प्रवेश गराएपछि भएको एमालेको सचिवालय बैठकमा उनको ब्यवस्थापनका विषयमा छलफल भएको थियो। 

उनलाई  काठमाडौँ–६ बाट वा गोरखा–२ बाट उम्मेदवार बनाउने? भन्ने बिषयमा सचिवालय बैठकमा छलफल भएको थियो। गोरखा–२ मा टिकट दिनका लागि लागि एमाले गोरखाका नेताहरूले केन्द्रीय कमिटीमा लबिङ पनि गरेका छन्।

प्रकाशित मिति: : 2022-10-01 16:06:00

प्रतिकृया दिनुहोस्