एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो

File Photo
File Photo

नेकपा (एमाले) को सचिवालय बैठक आज बिहीबार बस्दैछ। ४ मंसिरका लागि तय भएको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिदै जाँदा एमाले उम्मेदवार टुंग्याउने चटारोमा छ।

बैठक अपराह्न ३ बजे अध्यक्ष केपी ओलीनिवास बालकोटमा बस्ने छ। बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेले बुधबार सचिवालय बैठक बोलाए पनि गृहकार्य नपुगेको भन्दै एक दिन पर धकेलेको थियो।

प्रकाशित मिति: : 2022-09-29 07:44:00

प्रतिकृया दिनुहोस्