नेपालमा थपिए ५३ जना कोरोना संक्रमित

File photo
File photo

 पछिल्लो २४ घण्टामा मुलुकभर ५३ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ सय २४ जनामा गरिएको परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ सय २५ जनामा गरिएको पीसीआर परीक्षणमा ३९ जना र १७ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा १४ जनामा संक्रमण देखिएको हो। सोही अवधिमा ८४ जना कोरोना संक्रमित निको भएका छन्।

आज मुलुकभर ११ सय ७८ जना सक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन।

प्रकाशित मिति: : 2022-09-26 17:47:00

प्रतिकृया दिनुहोस्