बढ्न थाले थातथलो फर्कने यात्री

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका व्यक्ति दशैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन्। यसैले बडादशैंलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ।

काठमाडौँ उपत्यका बाहिर जाने यात्री आजैदेखि बढ्ने गर्छन्।

नयाँबसपार्क, कलङ्कीलगायत स्थानमा काठमाडौँ उपत्यका बाहिरिनेको भीड देखिन्छ।

धेरैजसो शैक्षिक संस्थाले दशैंका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिएका छन्। शैक्षिक संस्था बिदा भएसँगै विद्यार्थी, शिक्षक, प्राध्यापकलगायत आजैदेखि आ–आफ्ना घर जान्छन्।

देश विदेशबाट गाउँ फर्कनेहरु बढ्न थालेसँगै देशका ग्रामीण भेगमा पनि बडादशैंको चहलपहल सुरु हुन्छ।

प्रकाशित मिति: : 2022-09-26 07:16:00

प्रतिकृया दिनुहोस्