सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका-१० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका दुईजनामध्ये एक जनाको शव सशस्त्र प्रहरीको गोताखोर टिमले निकालेको छ।
पुर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका-२ स्थित प्वाङ बस्ने २४ बर्षिय अनिल घर्ति र १८ बर्षिय अर्जुन झाक्री मगर निमार्णाधिन झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदिमा खसेका थिए।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली खोजीकार्यको लागि परिचालन भएको थियो।
अर्का बेपत्ता झाक्रीको भने खोजीकार्य भईरहेको सशस्त्रका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।