काठमाडौंका उम्मेदवार चयनमा राप्रपा अन्तिम चरणमा, कुन क्षेत्रमा कसको नाममा छलफल ?

File Photo
File Photo

राप्रपाले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा उम्मेदवार चयनलाई अन्तिम चरणमा पुर्याएको छ।

तीनवटा क्षेत्रमा एक एकजना उम्मेदवारको नाम टुंगो लगाएको राप्रपाले बाँकी क्षेत्रमा दुई/तीन जनाको नाममा झारिएको राप्रपा स्रोतले जानकारी दियो।

उम्मेदवारको घोषणाका बेलासम्म केही नाम परिवर्तन हुने सक्ने सम्भावना भए पनि अहिले टुंगो लगाएकै नामबाट उम्मेदवार घोषणा हुने राप्रपा स्रोतले जानकारी दिए।

काठमाडौं १ का लागि भुवन लामिछने वा रवीन्द्र मिश्र (मिश्र राप्रपामा आएमा) नाम टुंगो लगाएको  राप्रपाले काठमाडौं २ मा नवराज सिम्खडा र कुन्ती पोख्रेलको नाममध्ये एकजनालाई चयन गर्नेगरी छलफल गरिरहेको छ।

यसैगरी, काठमाडौं ३ मा अनिल पराजुली र दुर्गा लामा, ४ मा भुवन पाठक र डा.अर्चन शमशेर राणा, ५ मा डा रामप्रसाद उप्रेती, केशव रेग्मी र सुरज पान्डेमध्ये एकजनाको टुंगो लगाउने गरी राप्रपाले छलफल गरिरहेको छ।

काठमाडौं ६ मा प्राध्यापक विष्णु प्रसाद आचार्य र सन्जय श्रेष्ठ, ७ मा ध्रुव बिक्रम मल्ल र ९ मा देवेन्द्र प्रधान, अमर सिह थापा, जितबहादुर लामामध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा राप्रपाले छलफल गरिरहेको छ।

यसैगरी हालसम्म काठमाडौं ८ मा प्रकाश रिमाल र १० मा बलराम थापाको भने टुंगो लगाइसकेको छ। तर, आपसी सहमतिमा घोषणा हुने बेलासम्म उम्मेदवार परिवर्तनको ढोका खुलै राखेको राप्रपा स्रोतले बतायो। 

प्रकाशित मिति: : 2022-09-23 17:28:00

प्रतिकृया दिनुहोस्