राष्ट्रपतिको कदमविरुद्धको रिटको पेसी आज

File Photo
File Photo

राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वाेच्चमा रिट परेको थियो।

छुट्टाछुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो।

संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित भएको विधेयकलाई समयसीमा (१५ दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन्।

राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट दायर गरेका हुन्।

प्रकाशित मिति: : 2022-09-23 07:48:00

प्रतिकृया दिनुहोस्