मृगौला रोगी जितबहादुर मगरको उपचारका लागि जनसम्पर्क समिति इजरायले आर्थिक सहयोग गरेको छ। उर्लाबारी-९ स्थायी घर भइ मोरङ बेलबारी-१ मा बस्दै आएका मृगौला रोगी मगरलाई नगद ५१ हजार सहयोग गरेको हो।
जनसम्पर्क समिती इजरायलका उपसभापति कटक श्रेष्ठले त्यहा आवद्ध साथीभाइसंग सहयोगको लागि पहल कदमी गरेका थिए। सोहीअनुरुप सहयोग रकम जुटेको हो।
उक्त सहयोग रकम नेपालबाट बिरामीको लागि सहयोग याचनाको अगुवाई गर्ने नेपाली काङ्ग्रेस उर्लाबारी-९ का सभापति तथा युवा समाजसेवी कैलास थापा मगर, उर्लाबारीकै सामाजिक अगुवा कर्ण मादेम्बा, विजय मगरले संयुक्त रुपमा हस्तान्तरण गरे।
यस्तैगरी मुना थापा मगरले ९ हजार रुपैयाँ, प्रेम थापा मगरले १० हजार २ सय ९०, गङ्गा आले (तामाङ)ले १५ सय रुपैयाँ र पद्मा मगरले नगद १ हजार सहयोग गरेका छन्। उक्त रकम पनि हस्तान्तरण गरिएको छ।
जनसम्पर्क समिति इजराय र व्यक्तिगत रुपमा सहयोग भएको रकम गरी एकमुष्ट ७२ हजार ८ सय रुपैयाँ हस्तान्तरण गरिएको कैलास थापा मगरले बताए।
नोबेल हस्पिटल विराटनगरमा डाइलोसिस गराइरहेका मृगौला रोगी जितबहादुरले सहयोग रकमले ठुलो राहत तथा सान्त्वना मिलेको बताए। उनले सहयोगीदातामा आभार तथा धन्यवाद प्रकट गरे। सहयोग रकम जुटे आफू उपचार गरेर निको हुने बताए।