आज एमालेमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन्।

एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। 

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए।

प्रकाशित मिति: : 2022-09-22 08:14:00

प्रतिकृया दिनुहोस्