सर्वेन्द्र खनाल भोलि एमाले प्रवेश गर्दै

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गर्ने भएका छन्।

खनाललाई बिहीबार अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा एमाले प्रवेश गराउने कार्यक्रम रहेको प्रचार विभाग सचिव गगन विष्टले जनाएका छन्।

‘उहाँ (खनाल) भोलि एमाले प्रवेश गर्दै हुनुहुन्छ। च्यासलमा पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको छ,’ विष्टले भने।

प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका खनालले प्रहरी प्रमुख भएर रिटाएर भएका थिए। प्रहरी सेवामा सुरुका दिनदेखि नै एक इमान्दार अफिसरको छबी कमाएका खनालले अब राजनीतिमार्फत देश र जनताको सेवा गर्ने भन्दै राजनीतीमा उत्रिएका हुन्।

प्रहरी सेवामा हुँदा उनले गरेको देश र जनताप्रतिको सेवालाई उच्च मुल्याकन गर्दै पार्टी अध्यक्ष ओलीले उनलाई राजनितीमा उतारेकाे बताइएकाे छ। अध्यक्ष ओलीले खनाललाई आगामी मंसिरमा हुुने निर्वाचनमा उठाउने तयारीका साथ पार्टी प्रवेश गराउन लागेका हुन्।


चर्चित सर्वेन्द्र खनाल किन गुमनाम ?

हिजोआज जताततै केवल राजनीतिको कुरा भइरहन्छ। चुनाव नजिकिँदै गर्दा रण मैदानमा कैयौँ नयाँ अनुहार देख्न पाए हुन्थ्यो भन्नेहरू थुप्रै छन्। नेपाली राजनीतिमा उनै पुराना अनुहार देखेर वाक्क दिक्क भइसकेका जनता अब त केही नयाँ अनुहार देखा पर्नुपर्छ, केही गर्न सक्ने मान्छे देखापर्नु पर्छ भन्नेमा पुगिसकेका छन्।

पछिल्लो समयमा त्यस्ता नयाँ अनुहारको खोजी पनि भइरहेको छ। नयाँ-नयाँ नामहरू पनि सुनिदै छन्। ती नयाँ अनुहार कुनै अर्कै ग्रहबाट आउने पक्कै हैनन्। त्यस्ता अनुहार यतैकतै छन्। जोसँग विवेक छ, अनुभव छ, जोस जाँगर र विकास निर्माणको खाका छ। अन्याय अत्याचारका विरुद्ध तत्काल कदम चाल्न सक्ने सोच र क्षमता छ। जसमध्येका एक पूर्व आईजीपी सर्वेन्द्र खनाल पनि हुन्।

उनले आफ्नो नाम घोषण गरिसकेका नभए तापनि बजारमा नाम सुनिन थालेको छ। कतिपयले उनले विगतमा आफ्नो जिम्मेवारी बहन गर्ने क्रममा गरेका केही असल कर्महरु सम्झिरहेका छन्।

असल कर्म गर्दै गएपछि भाग्य आफैं पछि लागेर आउँछ, देशको मुहार फेर्न सकिन्छ भन्ने मान्यता बोकेका खनाल पछिल्लो समय गुमनाम छन्। त्यो एक समय थियो, जतिबेला सर्वेन्द्र खनालको नाम मात्रले पनि तरङ्ग पैदा गरिरहेको हुन्थ्यो।

इन्सपेक्टरबाट प्रहरी सेवामा जागिर सुरु गरेका खनाल आईजीपी बनेर सेवा निवृत्त भए। निकै नै आँटिलोपन भएका उनी कसैसँग पनि डराएनन्। इमानदारी, न्यायप्रेमी... पूरा समाचार


प्रकाशित मिति: : 2022-09-21 19:57:00

प्रतिकृया दिनुहोस्