राष्ट्रपतिले आफ्नो भूमिका मात्र निभाएका हुन्: शेरबहादुर तामाङ

पूर्वमन्त्री एवम् नेता नेकपा एमाले नेता शेरबहादुर तामाङले नागारिकता विधेयक अस्विकारलाई राष्ट्रपतिले आफ्नो भूमिका मात्र निभाएका बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित नागरिकता विधेयक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिले भूमिका मात्र निभाएको बताएका हुन्। 

उनले भने, 'नेपालको संविधान अनुसार सरकार चल्छ, चलेको छ, चल्नुपर्छ। ०७२ को संविधान नागरिकता ऐन बन्नुपर्छ भनेर संसदमा आयो र छलफल भयो। ०७२ को संविधान अनुसार नागरिकता विधेयक बहुमतको दम्भ देखाएर पारित गरेर राष्ट्रपति कहाँ पठाइयो, र संविधान अनुरूप चल्ने भएकाले राष्ट्रपतिले फिर्ता गर्नु भो यो उचित हो। राष्ट्रपतिले पुनः विचार गर्न भनेर पठाएको कुरा जस्ता त्यसतै पठाएकाले राष्ट्रपति ले आफ्नो भूमिका मात्र निभाएका हुन्।’

त्यसैगरी उनले गठबन्धनले राष्ट्रपतिमाथि लगाएको आरोपप्रति भर्सना गर्दै भने, ' ‘राष्ट्रपतिप्रति अन्य दलकाले लगाएत आरोपप्रति घोर भर्सना गर्छौँ। कसलाई खुसी बनाउनु छ, उहाँलाई जे मन लाग्छ गरे भैहाल्यो नी। यी गठबन्धन भन्नेहरूलाई अध्यायदेश लिएर जे–जे मन लाग्छ त्यहीँ गरे भैगोनी। अब आउने निर्वाचनपछि निर्वाचन संसदले पुनः विचार गर्नेछन्। संविधानको पालना गर्नु दायित्व राष्ट्रपतिलाई दिएको छ। अधिकारको संरक्षण गर्ने गरेका हुन्। राष्ट्रले जे चाहेको छ जनताले के चाहेको छ त्यसरी चल्नुपर्छ। आफ्नो अनुकुलप्रति काम नगरे विरोध गर्नु उचित हैन।’

प्रकाशित मिति: : 2022-09-21 17:25:00

प्रतिकृया दिनुहोस्