चोलेन्द्रलाई नजरबन्दमा राखेर सरकारले तमासा गर्‍यो : केपी ओली

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घर घेरेर र उनलाई नजरबन्दमा राखेर तमासा गरेको टिप्पणी गरेका छन्।

आइतबार बालकोटस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव पारित नभएपछि सकिएको तर्क गरे। उले सत्ता पक्षले बेलैमा प्रक्रिया अगाडि नबढाएर सफाइ दिएको आरोप लगाए।

'हिजो संसदको अधिवेशन सकियो र संसदको कार्यकालै सकियो। महाअभियोग पारित भएन। दर्ता भयो र पारित भएन भनेपछि कुरा सकियो। त्यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो। आफैं बिलम्ब गरेर, प्रक्रिया अगाडि नबढाएर सफाइ दियो। आफैंले खनेको खाल्डोमा आफैं परेर सफाइ दियो' उनले भने 'तीन महिनाभित्र यो प्रश्न टुंग्याउनुपर्ने हुन्छ। कुनै पनि प्रस्तावको कार्यकाल हुन्छ। अवधि हुन्छ। संसदीय प्रक्रियाको प्रस्तावहरु कहिलेसम्ममा टुंग्याउने भन्ने हुन्छ। सेना–प्रहरी हातमा छ भनेर जे पनि गरे हुन्छ ? मान्छेको घर घेर्ने, नजरबन्द बनाउने, तमासा गर्ने हो ? लोकतन्त्रमा अभियोग पुष्टि नभएपछि प्रधानन्यायधीसले के गर्ने ?'

प्रकाशित मिति: : 2022-09-18 18:28:00

प्रतिकृया दिनुहोस्