लुम्बिनीमा तीन वर्षमा करिब ४ हजारले गरे आत्महत्या

File photo
File photo

लुम्बिनी प्रदेशमा आत्महत्याका घटना बढ्दै गएका छन्। 

बितेको तीन वर्षमा १२ जिल्लाका करिब ४ हजारले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ। 

आइतबार दाङमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङले प्रस्तुत गरेको तथ्यांक अनुसार लुम्बिनीमा तीन वर्षको अवधिमा ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपक्षक बीरबहादुर वलीले आर्थिक वर्ष २०७–०७७ मा लुम्बिनी प्रदेशमा १ हजार २ सय ३३ जनाले आत्महत्या गरेका छन्।

त्यस्तै आर्थिक वर्ष २०७७–०७८ मा १ हजार ४ सय ८ जना र आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ३ सय ४१ जना गरि कुल ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेको वलीले जानकारी दिए। 

आत्महत्याको बढ्दो संख्यालाई ध्यानमा राखेर गहन रुपमा अध्ययन अनुसन्धान अघि बढाईएको उनले बताए। खास कारण पहिचान गरि समस्या समाधानका लागि सबैलाई जागरुक बनाउने योजना रहेको उनको भनाई छ।

प्रहरी अध्ययनका अनुसार आत्महत्या गर्नेमा महिला भन्दा पुरुष धेरै रहेका छन्। कुल आत्महत्या गर्ने संख्यामा १३ प्रतिशत भन्दामाथि पुरुष र ७ प्रतिशत भन्दामाथि महिला छन्। उमेरका हिसावले १५ देखि ४९ वर्षका बढी मानिसले आत्महत्या गर्ने गरेका छन्।

मानसिक, यौनिक, शारिरीक यातना, सामाजिक, आर्थिक, वातावरणीय कारणले पनि आत्महत्या गर्ने गरेको प्रहरी उपरीक्ष वलीले बताए।

प्रकाशित मिति: : 2022-09-18 17:07:00

प्रतिकृया दिनुहोस्