अमृता अग्रहरि एमाले प्रवेश

निवर्तमान सांसद तथा जनता समाजवादी पार्टीकी नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन्।

आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन्।

गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बनेकी थिइन्।

राजपा र संघीय समाजवादी पार्टी एकीकरणा पछि बनेको जनता समाजवादी पार्टी जसपा फुटेपछि उनी तटस्थ थिइन्।

प्रकाशित मिति: : 2022-09-18 16:33:00

प्रतिकृया दिनुहोस्