झापामा एक जना व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन्।
बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ।
ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान पक्राउ गरेको छ।
पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक–पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।