आजको पात्रो: ३० भदौं, २०७९, विहीबार। तद्नुसार १५ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष पञ्चमी, आज षष्ठी श्राद्ध हो। तैतिल करण, भरणी नक्षत्र, ब्याघात योग, चन्द्रमा मेष राशिमा रहेको छ। आज विहान सूर्योदय ५ः४९ मा र सूर्यास्त ६ः१० मा हुनेछ।
आज १ः३३ देखि ३ः०५ सम्मको समय राहुकाल रहेको छ। यो समयमा शुभकार्य बर्जित छ। आज ११ः३५ देखि १२ः२४ सम्मको समय अभिजित महूर्त रहेको छ। यो समयमा शुभ कार्य गर्न सकिन्छ। आजको देवता बायु र ग्रहदेव शुक्र रहेको छ। आजको दिन अध्ययन, अनुसन्धानको काममा ध्यान दिनुहोला। कसैसँग विवाद हुने काम आज गर्नु हुँदैन।
आजको राशिफल–
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
सामाजिक सेवाको कामबाट तपाईलाई आज मानसम्मान मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने छ। आजको दिन तपाईको मनमा खुसी छाउने छ। नयाँ काम गर्न मन लाग्नेछ। नयाँ मित्रमण्डलीसँग भेट हुनेछ। परिवारका सदस्यबाट तपाईलाई साथ सहयोग हुनेछ। चन्द्रमाको साथ छ। विहान सूर्योदयको दर्शन गरेर दिनको यात्रा शुरुवात गर्नुहोला।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ। व्यापार ब्यबसायबाट सोचभन्दा बढी आर्थिकलाभ प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ। मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ। शिवालय यात्राले मन हर्षित हुनेछ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ। घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ। त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ। राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ। कसैलाई पनि वचन नलगाउनुहोला।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकहरुको लागि तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ। अध्ययन अध्यापनमा मन लगाउनु होला। तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ। त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले विहीबारको विहान अवस्य सूर्योदयको दर्शन गर्नुहोला। तपाईलाई अनावश्यक विवाद हुनसक्छ। आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला। पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ। अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ। विहीबारको दिन व्रत गर्नु शुभ हुनेछ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाईको लागि यात्रा गर्नुपर्ने हुनसक्छ। नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ। आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ। आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ। स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ। त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ। व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ। धैर्यको आवश्यकता हुन्छ। आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला। मनमा प्रसन्नता र उत्साह बढ्ने छ। तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ। तपाईको कामबाट सफलता प्राप्त हुनेछ। तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन समयमा काम हुनेछ। आर्थिक बृद्धि हुनेछ। आजको दिन मित्रमण्डलीबाट सहयोग हुनसक्नेछ। देवालय र शिवालयको दर्शन गर्नु जानुहोला। आजको दिन अध्ययन अध्यापनको काममा ध्यान दिनु होला। कसैलाई पनि धन दिनु भन्दा पहिले एकपटक सोच विचार गरेर मात्र दिनुहोला।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ। धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला। मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ। शिवालयको यात्रा अवस्य गर्नुहोला।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मनमा अति प्रसन्नता छाउने छ। कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ। विहान सूर्योदयको दर्शन गर्नुहोला।सामाजिक काममा मन जानेछ। तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन्। कसैलाई पनि मन दुखाउने काम नगर्नुहोला।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका ब्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक पठन र लेखनका काम गर्नसक्नुहुन्छ। विद्यार्थी बर्गको लागि विहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ। कुनै विद्धान सहकर्मीसँग भेट गर्नुहोला।