रोल्पामा टिकटक बनाउने क्रममा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ।
सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको खोलाले बगाएर ज्यान गएको प्रहरीले जनाएको छ। स्कुलबाट फर्केर साथीहरुसँग खोलामा खेल्न गएकी खातुनलाई सुलिचौर बजार नजिकै रहेको फगाम खोलाले बगाएर वेपत्ता बनाएको थियो।
उनी वेपत्ता भएको खबर पाएलगत्तै प्रहरी र स्थानियले खोज तलास गर्दा सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीस्थित सोनु पेट्रोल पम्प नजिकै लुङ्ग्री खोलाको किनारमा शव फेला परेको थियाे।
फरिदा, नाजुमा खातुन र अर्का एक साथी सहित तिन जना खोलाको किनारमा टिकटक बनाउदैँ खेल्ने क्रममा फरिदालाई खोलाले बगाएको थियो। साथीलाई खोलाले बगाएपछि उनीहरुले नजिकै माछा मार्न गएका व्याक्तिलाई खबर गरेका थिए।