देशभर ९८३५ डेंगु संक्रमित

symbolic picture
symbolic picture

नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो।

सबैभन्दा बढी डेंगु संक्रमित बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा डेंगु पुष्टि भएको छ।

सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै लुम्बिनी प्रदेशमा १३ सय  ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र  मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-13 19:21:00

प्रतिकृया दिनुहोस्