वैदेशिक रोजगारीमा कुन वर्ष कति जनाले गुमाए ज्यान ?

File Photo
File Photo

रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका नेपालीको मृत्यु हुने संख्या बढ्दो छ। 

वैदेशिक रोजगार वोर्डक अनुसार पछिल्लो चौध वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा १० हजार ९३२ जनाको मृत्यु भएको छ। 

उक्त अवधिमा सबैभन्दा बढीको मृत्यु गत आर्थिक वर्ष २०७८ र ७९ मा भएको थियो। गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका १ हजार ४७९ जनाले ज्यान गुमाएका थिए। 

आर्थिक वर्ष २०६५ र ६६ मा वैदेशिक रोजगारीमा गएकामध्ये ७८ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०६६ र ६७ यो संख्या ४२१ रहेको थियो। 

वोर्डका अनुसार आर्थिक वर्ष २०६७ र ६८ मा ५६४ जना, २०६८र६९ मा ६४७ जना, २०६९र७० मा ७७२ जना, २०७० र ७१ मा ८७७ जना, २०७१र७२ मा १ हजार ६ जना र २०७२र७३ मा ८२६ जनाको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको थियो। 

यस्तै, आर्थिक वर्ष २०७३ र ७४ मा ७५८ जना, २०७४ र ७५ मा ८२६ जना, २०७५ र ७६ मा ७६३ जना, २०७६र७७ मा ६७२ जना, २०७७र७८ मा १ हजार २४३ जना र २०७८ र ७९ मा १ हजार ४७९ जनाको मृत्यु भएको वोर्डले जनाएको छ। 

बितेको चौध वर्षमा ५० लाखभन्दा बढी नेपाली वैध तरिकाले वैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित मिति: : 2022-09-13 12:26:00

प्रतिकृया दिनुहोस्