समानुपातिकतर्फको बन्दसूची असोज २ र ३ गते बुझाउनुपर्ने

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ।

आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। 

असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ आयोगले सूचना जारी गर्दै जनाएको छ। उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ। 

यस्तै दलहरुले बन्दसूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने छ। 

प्रकाशित मिति: : 2022-09-11 19:52:00

प्रतिकृया दिनुहोस्