एमाले जनसरोकारका चारवटा मुद्दा लिएर निर्वाचनमा जान्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनसरोकारका चारवटा मुद्दा लिएर निर्वाचन जाने बताएका छन्।

प्रेस चौतारी नेपाल दाङले आइतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले जनसरोकारका विशेष तः चारवटा मुद्दा हुने र ती मुद्दा लिएर एमाले आउने मंसिर ४ को निर्वाचनमा जाने बताए। उनको भनाईमा पहिलो मुद्दा स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको प्रश्न हो। त्यसपछि विकास र समृद्धिका मुद्धा, तोस्रोमा सामाजिक सुरक्षासहित लोक कल्यानकारी राज्य निर्माण र चौथोमा अब नेपाललाई कुन बाटो अगाडि बढाउने भन्ने मुद्दा रहेको पोखरेलको भनाई छ।

यी चार मुद्दामा एमालेले अन्य पार्टी भन्दा अग्रनी भूमिका खेलेको उनले बताए । जसले गर्दा जनताले एमालेलाई भोट दिने उनको जिकिर छ । पहिलो मुद्दामा एमालेले नेपालमा जातीय राज्य स्थापना गर्न नदिएको, नाकाबन्दीको सामना गरेको र नेपालको गुमेको भू–भाग नक्सामा समावेश गर्न संविधान नै संशोधन एमालेले गरेको उनले बताए। यस्तै दोस्रोमा समृद्धि जमिनबाट मात्र होइन, आकाश र समुद्र पनि हो भन्ने कुरालाई स्थापित गर्न, सामाजिक सुरक्षा अन्तरगत बृद्धाभत्तादेखि रोजगारसम्मको कुराको व्यवस्था एमालेले गरेको पोखरेलको भनाई छ।

उनले एमाले अन्य पार्टी भन्दा एमाले एकताबद्ध र स्पष्ट रुपमा अगाडि बढेको बताए। साथै पोखरेलले आउने मंसिर ४ गतेको निर्वाचन यथास्थितिवादी र परिवर्तनवादी शक्तिबीच हुनेपनि बताए। त्यसमा यथास्थितिवादीमा गठबन्धन दलहरु र एमाले भने परिवर्तनकारी शक्ति रहेको उनको जिकिर छ। काँग्रेसले नीतिगत शक्ति गुमाएर अन्य साना दलसँग गठबन्धन गरेको पनि पोखरेलको भनाई छ।

पोखरेलले आउने निर्वाचनका लागि एमाले घोषणा पत्र तयारीमा लागिसकेको पनि जानकारी दिए।

प्रकाशित मिति: : 2022-09-11 16:15:00

प्रतिकृया दिनुहोस्