प्रदेश सांसद कुशलको ‘कुशल’ काम

BreaknLinks
BreaknLinks

२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीबीच चुनाबी गठबन्धन भयो।

मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभामा एमालेका घनश्याम खतिवडा, मोरङ क्षेत्र नं. १ (क) मा माओवादीका कुलप्रसाद साम्बा लिम्बू (कुशल) र मोरङ क्षेत्र नं. १ (ख) मा उपेन्द्र घिमिरे उम्मेद्वार बने। र, तीनै जनाले सानदार मतका साथ विजयी हासिल गरे। अहिले तीनै जना फरक पार्टीमा छन्।

खतिवडा एमालेमा हुनुहुन्छ भने लिम्बू माओवादी र घिमिरे नेकपा एकीकृत समाजवादीमा सक्रिय छन्। २०७४ सालमा बाम गठबन्धन भयो भने यस पटक समिकरण फेरिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाबीच गठबन्धन हुने पक्का छ। सोही गठबन्धनबाट मोरङ क्षेत्र नं. १ (क) मा कुलप्रसाद साम्बा लिम्बू (कुशल) उम्मेद्वार बन्दै छन्। प्रदेश सांसद हुनसाथ साम्बाले जनताको सेवक भएर काम गर्ने घोषणा गरेका थिए।

सोहीअनुसार लिम्बूले मोरङ क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको वडा नं. २, ३, ६, ७, ८ र ९ गरी १५ वटा वडामा १ अर्ब २६ करोड भन्दा बढीको बजेट भित्र्याउन सफल बने। प्रदेश मन्त्रीको भन्दा सांसद लिम्बूले धेरै विकास निर्माणका काममा पहलकदमी लिएका छन्। संसदमा पनि उहाँ निकै सक्रिय रहे।

जनताका जनजिविकाको सवालमा सधैं अग्रमोर्चामा रहेर संसदमा आवाज उठाएका छन्। ४१ पटक भन्दा बढी उनले संसदमा सरोकारका विषयमा बोलेका छन्। उनले पार्टीभन्दा माथि उठेर विकास निर्माणको काम गरेकाे कुरा अन्य पार्टीका नेता कार्यकर्ता पनि स्वीकार गर्दछन्। नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका लिम्बूले एमाले, कांग्रेस, एकीकृत समाजवादी, जसपा, राप्रपालगायत सबै दलका नेताहरुसँग नजिक रहेर काम गर्नुभएको छ। सामाजिक संघसंस्था, धार्मिक, पर्यटकीय, क्याम्पस, विद्यालय, स्वास्थ्य संस्थानलगायत हरेक क्षेत्रमा बजेट विनियोजन गर्न सफल बनेका छन्।

यी हुन् प्रदेश सांसद लिम्बूको पहलमा बनेका महत्वपूर्ण काम
मिक्लु खोलामा पुल प्रकरण निकै चर्चा थियो-२०७४ सालमा।डिगबहादुर लिम्बुले २०७० सालको निर्वाचनमा उम्मेद्वार बन्दा पुल बनाउने घोषणा गरेको भएपनि सुरुवात नै नगरेको आरोप स्थानीयले लगाएका थिए। २०७४ सालको निर्वाचनमा यही मुद्दाले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेद्वार बन्नुभएका डिगबहादुर लिम्बूलाई कमजोर बनाएको पनि भन्ने गरियो।

अघिल्लो निर्वाचन जितेका लिम्बू २०७४ को निर्वाचनमा पराजित बने। २०७४ सालको निर्वाचनमा प्रदेश सांसदको उम्मेद्वार बन्नुभएका कुलप्रसाद साम्बा लिम्बूले आफ्नो कार्यकालमा पुल बनाएरै छाड्ने प्रण गरे। सोही प्रण सांसद साम्बाले पूरा गरिसकेका छन्। प्रदेश सरकारले मिक्लु खोलामा पुल निर्माण सम्पन्न गरी उद्घाटन गरिसकेको छ। उर्लाबारी र मिक्लाजुङ जोड्ने यो महत्वपूर्ण पुल हो। उर्लाबारीको किशान चौक हुँदै रमिते जोड्ने सडक कालोपत्रेको काम समेत सांसद लिम्बूकै पहलमा अघि बढ्यो।

मिक्लु खोलादेखि चौतारासम्म कालोपत्रे सडक पुगिसकेको छ भने रमितेतर्फ अघि बढिरहेको छ। सो सडक कालोपत्रे पूरा भइसकेपछि उर्लाबारी र मिक्लाजुङ बजार विस्तारमा सहयोग पुग्ने निश्चित छ। उर्लाबारीको किशान चौकदेखि मिक्लु खोलासम्म पूरानो कालोपत्रे थियो, त्यतिबेला। अहिले त्यो पनि काम नलाग्ने अवस्थामा पुगेको छ। यो पनि सडक कालोपत्रेका लागि सांसद लिम्बूले पहल थालिसक्नुभएको छ। अर्को महत्वपूर्ण सडकको उर्लाबारीको चिउरामिल–गाईघाट सडक।

अहिले भोटेपुलसम्म सडक कालोपत्रे भइसकेको छ। प्रदेश सरकारको योजनामा चिउरामिलदेखि आम्बारीसम्म भएको थियो भने संघीय सरकारमार्फत भोटेपुलसम्म पुगेको छ। अब करिब ३ किलोमिटर सडक कालोपत्रे भए उर्लाबारी र रतुवामाईको सिमाना गाईघाटसम्म जोड्ने छ। त्यो सडक कालोपत्रेका लागि निरन्तर रुपमा लागि परेको सांसद लिम्बूले बताएका छन्।

यस्तै, मुख्यमन्त्री ग्रामीण सडक अन्तर्गत उर्लाबारीको आइतबारे चोक हुँदै झारसाँदी खाँम्बेझोडा जोड्ने सडक ७ सय मिटर कालोपत्रे सम्पन्न भइसकेको छ। उर्लाबारी–आइतबारे चोक नगरपालिका अगाडिबाट दक्षिण जाने ४ सय किलोमिटर सडक कालोपत्रे भएको छ। दुर्गापुरी–आम्बारी सडकको १२ सय मिटर सडक कालोपत्रे प्रदेश सरकारले गरेको छ भने बाँकी १२ सय मिटरका लागि पहल भइरहेको छ। सडक कालोपत्रे होस् वा ग्राभेलमा धेरै योजना प्रदेश सांसद साम्बाको पहलमा भित्रिएका छन्।

त्यस्तै, प्रदेश सांसद साम्बाकै पहलमा इलाका प्रहरी कार्यालय उर्लाबारीको भवन निर्माण प्रदेश सरकारले गरेको छ। सांसद साम्बाले स्कुलको भवन तथा विभिन्न प्राविधिक सशक्तीकरण, मन्दिर निर्माण तथा सामाजिक क्षेत्रमा बजेट विनियोजनमा भूमिका खेलेका छन्। निरन्तर रुपमा क्षेत्रको विकासमा प्रदेश सांसद साम्बाले पु¥याएको योगदान महत्वपूर्ण छ।

उनलाई यस क्षेत्रका जनताले विकासप्रेमी नेताको रुपमा चिन्ने गरेका छन्। उनले काम गर्न सक्ने उम्मेद्वारलाई फेरि पनि जनताले जिताउनेमा आशा ब्यक्त गर्नुभएको छ। प्रदेश सांसद साम्बाले भने–‘जनताको हली बनेर काम गर्न सक्ने जनप्रतिनिधिलाई जनताले चुन्नुहुन्छ भन्ने विश्वास छ।’ आफुले प्रदेश सांसद हुँदा पदीय जिम्मेवारी बाहिर गएर कुनै काम नगरेको उनले दाबी गरे। प्रदेश सांसद हुँदासमेत उनी आम सर्वसाधारण जस्तै सार्वजनिक बसको प्रयोग गरी आफ्नो निर्वाचन क्षेत्रमा खटिने गरेका छन्।

प्रकाशित मिति: : 2022-09-08 15:07:00

प्रतिकृया दिनुहोस्