गठबन्धन निरन्तर रहने छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गठबन्धन निरन्तर रहने बताएका छन्। 

साेमबार नयाँ बानेश्वरमा उपत्यका विशेष समितिले आयोजना गरेको वैचारिक राजनैतिक प्रशिक्षण तथा निर्वाचन सम्बन्धि कार्यक्रममा बाेल्दै उनले वाम गठबन्धन नहुने बताएका हुन्।

उनले नेपालको वामपन्थी आन्दोलनको पहिलो शक्ति भएकाे बताउँदै भने, 'पार्टीभित्र अन्तरघात भयो तर पहिलेको निर्वाचन भन्दा बढेको छौँ।'

त्यसैगरी उनले गल्ती गर्नेलाई कारवाही हुनुपर्ने बताएका थिए। 'गल्ती गर्नेलाई कारवाही गर्नुपर्छ' उनले भने।

गठबन्धनभित्र र सबै प्रदेशहरूमा विधेयक अन्तिम निष्कर्षमा पुर्याउने भन्दै संविधान र लोकतन्त्रका विरूद्ध जस्ताेसुकै संघर्ष गर्न पनि तयार रहेकाे बताए। 

प्रकाशित मिति: : 2022-08-29 16:07:00

प्रतिकृया दिनुहोस्