ओली नेकपाका सबैभन्दा मुल्यवान सम्पति यसैकारण भावी प्रधानमन्त्री : नेता रिजाल

File photo
File photo

नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले देशको आशा भरोसा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा मात्रै रहेको दाबी गर्दै भावी प्रधानमन्त्रीका रुपमा एमालेले उनलाई उभ्याएको बताएका छन्।

एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा उभ्याउनुको कारण बताएका हुन्। 

उनले ओली एमालेको सबैभन्दा मुल्यवान सम्पति भएकाले पनि उनलाई जनतामाझ खडा गरेको बताए। कार्यक्रममा उनले ७५ वर्षको इतिहासमा ओलीको नेतृत्वको सरकारमा जत्ति कसैले पनि नगरेको बताए। यसकारण उनलाई विकास र निर्माणको संवाहक मान्दै अघि सारेको बताए। 

उनले राष्ट्रियता र राष्ट्रवादमा उनीजत्तिको अरु कोही नउभिएको पनि बताए। वर्षैअघिदेखिको सीमा विवाद होस या दुई छिमेकी देशको सम्बन्ध सन्तुलनमा होस सबैमा उनी सफल रहेको बताए। यसकारण फेरि पनि उनको नेतृत्व राष्ट्रका लागि आवश्यक रहेको रिजालले बताए। 

कार्यक्रममा रिजालले कम्युनिष्ट आन्दोलनका निर्माता पनि ओली भएको दाबी गरे। अहिले कम्युनिष्ट आन्दोलनको कुरा गर्दा २०२८ साल अभि र पछि भनेर व्याख्या गर्नु पर्ने बेला आएको बताए। झापा आन्दोलनको नेतृत्व ओलीले नै गरेको उनको भनाइ छ। यो आन्दोलन उनैले गरेका थिए। 

प्रकाशित मिति: : 2022-08-29 14:00:00

प्रतिकृया दिनुहोस्