स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट: नेता कोइराला

File photo
File photo

 

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने जानकारी दिएका छन्।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताए।

उनले भने, 'स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ।' कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको थियो।

गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो। अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने बताए।

निर्वाचनमा कांग्रेस होमिएको भन्दै उनले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरे।

 

प्रकाशित मिति: : 2022-08-26 13:25:00

प्रतिकृया दिनुहोस्