सिट बाँडफाँटबारे गठबन्धनमा अझै जुटेन सहमति

सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन।

बिहीबार बसेको गठबन्धन बैठकमा सिट फाँडफाँटमा सहमति नजुटेको हो।

यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार पनि बैठक बसेको थियो। तर, सहमति नजुटाई विनानिष्कर्ष बैठक सकिएको छ।

सिट फाँडफाँटका लागि बनाएको कार्यदलले सहमति जुटाउन नसकेपछि फेरि गठबन्धनकै शीर्षनेतालाई सिट बाँडफाँटको जिम्मेवारी दिइएको छ। तर, शीर्षनेताहरुले पनि सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकमा दलहरुले आ–आफ्नो अडान राख्दा सहमति नजुटेको हो। सहमति जुट्न नसकेपछि बिहीबार पुनः बैठक बस्ने तयारी गठबन्धनको छ।

आगामी ४ मंसिरमा हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन एक भएर जाने निर्णय गरेका दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो।

प्रकाशित मिति: : 2022-08-25 14:07:00

प्रतिकृया दिनुहोस्